उद्योग संगठन मोरङको अध्यक्षमा घिमिरे - Naya Patrika
eNaya Patrika
  • ePaper

उद्योग संगठन मोरङको अध्यक्षमा घिमिरे

उद्योग संगठन मोरंगको अध्यक्षमा भीम घिमिरे चयन भएका छन् । २७ जेठमा सम्पन्न ४६औं साधारण सभापछि २९ जेठमा भएको उद्योग संगठन मोरंगको निर्वाचनमा उद्योगी घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष घिमिरेको नेतृत्वमा मंगलबार नै १३ सदस्यीय कार्यकारिणी समिति पनि निर्विरोध चयन गरिएको छ । निर्वाचन अधिकृत अधिवक्ता भरत थापाका अनुसार संगठनको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्ष (कोष)पदमा प्रदीप मुरारका, उपाध्यक्ष(कृषि,जलश्रोत र उर्जा)मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन ।

यसैगरि कार्यकारिणी समिति सदस्यहरुमा संजय कुमार अग्रवाल, सुवोध कोईराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिल कुमार धनावत, नारायण प्रसाद मुन्दडा, विपिन कावरा र विनोद पौडेल निर्विरोध चयन भएका छन् ।

उद्योग संगठन मोरंग पुर्वका उद्योगीहरुको हकहितका लागि स्थापना भएको साझा संस्था भएकोले अबको कार्यसमितिले उद्योगी व्यापारी र आर्थिक विकासका लागि साझा समस्या उठाउन सधैँ सहयोग गर्ने निर्वतमान अध्यक्ष मुकेश उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया