प्रदेश ४ को नीति तथा कार्यक्रम बहुमतले पारित - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ४ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश ४ सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । संसद्मा दुई दिनको छलफलमा प्रतिपक्षको आलोचना भए पनि नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारले २५ जेठमा संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलवार पारित भएको हो । मंगलवारको संसद बैठकमा मुख्यमन्त्री पुथ्वीसुव्वा गुरुङले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिए पछि कार्यक्रम पारित भएको हो । संसदमा सहभागि काग्रेसका संसदहरूले विपक्षिमा मत जाहेर गरे भने जनमोर्चा र नयाँ शक्तिका सांसदहरू भने मौन वसेका थिए ।


सत्तापक्षको वचाउ, प्रतिपक्षको आलोचना
नीति तथा कार्यक्रमको छलफलमा मंगलवार १४ जना सांसदले आफनो भनाई राखेका थिए । नेकपाका सांसदहरूले वचाउ गरे भने प्रमुख प्रतिपक्ष काग्रेसका सांसदहरूले आलोचना गरेका थिए । नेकपाका सांसद मायानाथ अधिकारिले नीति तथा कार्यक्रमले प्रदेशको समृद्धी र विकासको वाटो खोलेको बताए । रामजी प्रसाद वरालले महत्वाकाक्षी हुनु समयको माग रहेको बताउदै क्षेत्र विकास कोषको माग गरे । राजिव पहारिले प्रदेशलाई समृद्ध वनाउन नीति तथा कार्यक्रमले रुपष्ट खाका लिएको वताए । नेकपाका प्राय सबै सांसदले कार्यक्रमको प्रशंसा गरेका थिए ।

काग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम ठोस रुपमा नआएको गुनासो गरे । नीति तथा कार्यक्रम हचुवाको भरमा आएको र निकै महत्वाकांक्षी रहेको बताए । कांग्रेस सांसद मणिभद्र शर्माले नीति तथा कार्यक्रम चुनावि घोषणा पत्र जस्तै गरि आएको आरोप लगाए । कांग्रेसका अरु सांसदले पनि आलोचना गरेका थिए ।

नीति तथा कार्यक्रममा दिर्घकालीन लक्ष्य :मुख्यमन्त्री गुरुङ
मुख्यमन्त्री पुथ्वीसुव्वा गुरुङले नीति तथा कार्यक्रम दिर्घकालीन लक्ष्य लिएर आएको वताए । प्रदेशको समृद्धी र विकासका लागि सोही अनुसार नीति तथा कार्यक्रम ल्याएको दावि गरे । उनले कार्यक्रम महत्वाकाक्षी नरहेको र सन्तुलन रहेको बताए । ग्रामीण स्तरवाट समृद्धीको सपना पुरा गर्ने योजना सहित सरकार अघि बढेको उनको भनाई थियो । उनले आउँदो ५ वर्षभित्र प्रदेशमा विकासका सुचकहरू तयार गर्ने गरि सरकार अघि बढेको बताए ।

तपाईको प्रतिक्रिया