रहेनन् वरिष्ठ कलाकार भीमबहादुर थापा - Naya Patrika
eNaya Patrika
  • ePaper

रहेनन् वरिष्ठ कलाकार भीमबहादुर थापा

वरिष्ठ कलाकार भीमबहादुर थापाको गएराति २ बजे निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थापाको घरमा नै निधन भएको पारिवारीक स्रोतले जनाएको छ । ९२ वर्षीय थापाको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन चाहने शुभेच्छुकहरुलाई बुधबार बिहान १० बजे देखि १२ सम्म पशुपति आर्यघाटमा उपस्थित हुन कलाकार दीपकराज गिरीले अनुरोध गरेका छन् ।

कलाकार थापाले दर्जनौँ फिल्म, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हास्य टेलिफिल्म ‘तीतो सत्य’ मा काम गरेपछि उनको लोकप्रियता झन् चुलिएको थियो । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा कार्यरत थिए ।

उनको निधनले नेपाली कला जगत स्तब्ध बनेको छ । धेरै कलाकारहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार दीपाश्रीले फेसबुकमा लेखेकी छिन् ‘यति धेरै माया गर्ने बुवालाई कसरी अलविदा भनुम म…हे भगवान ।’

तपाईको प्रतिक्रिया