स्वस्थ मुटुका लागि चाहिन्छ सन्तुलित भोजन - Naya Patrika
eNaya Patrika
  • ePaper

स्वस्थ मुटुका लागि चाहिन्छ सन्तुलित भोजन

स्वस्थ शरीरका लागि सन्तुलित खानाको निकै ठूलो महत्व हुन्छ । त्यसैगरी, मुटुलाई स्वस्थ राख्न पनि सन्तुलित आहारको जरुरत पर्छ । त्यसैले शारीरिक अवस्थाअनुसार खाने बानीको विकास गर्नुपर्छ । खाँदा कार्बोहाइड्रेट, चिल्लो, प्रोटिन, भिटामिनलाई आवश्यकताअनुसार लिन जरुरी हुन्छ । यी हुन् मुटु स्वस्थ राख्ने खाद्य पदार्थ :


स्वस्थ मुटुका लागि फाइबरयुक्त खाद्य पदार्थको प्रयोग गर्नुपर्छ । गहुँ, गेडागुडी, हरियो सागपातलगायतमा फाइबरको मात्रा हुन्छ । त्यस्तै, गेडागुडीलाई टुसाएर खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुमा सकारात्मक प्रभाव पार्छ ।

शाकाहारी हुनु मुटुका लागि निकै राम्रो हो । सन्तुलित रूपमा माछा र मासुको प्रयोग गर्दा पनि मुटुमा त्यति हानि पुग्दैन । माछा र कुखुराको मासुले भने कोलेस्ट्रोल कम गराउन पनि मद्दत पुग्छ । तर, जहिले पनि बिहान र दिउँसोको समयमा मात्र माछा–मासुको प्रयोग गर्नुपर्छ ।

बिहान–बेलुकाको खानामा हरियो सागको प्रयोग गर्दा अत्यन्त लाभदायक हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूलको अनिवार्य प्रयोग गर्दा राम्रो हुन्छ ।

बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारीको प्रयोग गर्नुपर्छ । बेलुकीको ८ बजेसम्ममा लन्च गरिसक्दा स्वस्थकर मानिन्छ ।

बिहान एक छाक मात्र भात खाने गर्दा राम्रो हुन्छ । बढी शारीरिक श्रम गर्नेले अलि बढी खानुपर्छ । र, बेलुकीको समय खानालगत्तै सुत्ने बानीलाई तुरुन्तै हटाउनुपर्छ । लन्च गरेको कम्तीमा दुई घन्टापछि मात्र सुत्दा राम्रो हुन्छ ।

घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम गर्दा उत्तम हुन्छ । खाना पकाउनका लागि शुद्ध तोरीको तेल सबैभन्दा राम्रो हुन्छ ।

थोरै–थोरै तर छोटो समयावधिमा खाँदा  राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया