बेल्जियमका लुकाकु फर्ममा - Naya Patrika
eNaya Patrika
  • ePaper

बेल्जियमका लुकाकु फर्ममा

विश्वकपको औपचारिक सुरुवातअघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बेल्जियमले कोस्टारिकाविरुद्ध ४–१ को सहज जित निकालेको छ । बेल्जियमको जितमा रोमेलु लुकाकुको उत्कृष्ट प्रदर्शन महत्वपूर्ण रह्यो । ठूला देशलाई टक्कर दिन सक्ने टिमका रूपमा रहेको कोस्टारिकाविरुद्ध जित निकालेसँगै बेल्जियमले विश्वकपमा आफ्नो दबदबा बढाउन सक्ने अनुमान गरिएको छ ।

बेल्जियमको ‘कमब्याक’
विश्वकपमा अपत्यारिलो तर सधैँ दाबेदार मानिने बेल्जियम राजधानी ब्रसेल्सको घरेलु मैदानमा सुरुवातमा गोल खान पुगेको थियो । तर, उसले १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै जित निकाल्न सफल भयो ।

सुरुवातमा नै अग्रता कायम गर्ने क्रममा कोस्टारिकाका ब्रायन रुइजले खेलको २४औँ मिनेटमा गोल गर्दै घरेलु टिममाथि दबाब बढाएका थिए । बेल्जियमले ७ मिनेटपछि नै घरेलु टिमका लागि द्रिस मोर्तेन्सले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

लुकाकुको दुई गोल
पहिलो हाफमा नै अग्रता लिने क्रममा लुकाकुले ४२औँ मिनेटमा टिमका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरे । बेल्जियमले दोस्रो हाफमा पनि निरन्तर आक्रमण जारी राख्यो । उसले लुकाकुकै व्यक्तिगत दोस्रो गोलको सहयोगमा ६४औँ मिनेटमा ३–१ को अग्रता कायम ग-यो ।

डार्क हर्स बेल्जियम
बेल्जियमलाई जारी विश्वकपमा डार्क हर्सका रूपमा हेरिएको छ । स्टारहरू रहेकाले बेल्जियमलाई दाबेदार मान्नेहरू कम छैनन् । इडेन हर्जार्डको कप्तानीमा रहेको बेल्जियमले भिसेन्ट कम्पनी, केभिन डी ब्रेवन तथा रोमेरू, लुकाकुजस्ता स्टारको साथ रहेको बेल्जियमलाई डार्क हर्स भनिएको हो ।

तपाईको प्रतिक्रिया