ब्राउन राइसका ८ फाइदा - Naya Patrika
eNaya Patrika
  • ePaper

ब्राउन राइसका ८ फाइदा

सादा चामल र ब्राउन राइसबीच मात्र रङको फरक छैन । त्यसबाट पाइने पौष्टिक तत्वमा पनि निकै भिन्नता छ । ब्राउन राइसको सबैभन्दा बाहिरको बोक्रा मात्र उतारिन्छ । तर, चामलको बाहिरी भागमा भएको पौष्टिक तत्व हट्न पाउँदैन । तर, सेतो चामल मिलमा कुटेर तयार परिने भएकाले धेरै पौष्टिक तत्व बाहिरिन्छ । यी हुन् ब्राउन राइसका फाइदा :

१ ब्राउन राइसमा सेलेनियमको मात्रा बढी हुन्छ । जुन तत्वले पेट क्यान्सरको खतरालाई कम गर्छ । यसले पाचन प्रक्रिया सन्तुलित राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

ब्राउन राइसमा घुलनशील फाइबर हुन्छ । जसले रगतमा भएको ब्याड कोलेस्ट्रोल कन्ट्रोल गर्न सहयोगी भूमिका निर्वाह गर्छ ।

ब्राउन राइसको प्रयोगले मुटु स्वस्थ राख्न पनि मद्दत गर्छ ।

सादा चामलको तुलनामा ब्राउन राइसमा फाइटान्युट्रियट्सको मात्रा अत्यधिक हुन्छ । जसले स्तन क्यान्सरको कोषिकालाई बढ्नबाट रोक्ने काम गर्छ ।

ब्राउन राइसले तौल कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसमा सादा चामलको तुलनामा फाइबरको मात्रा पनि अत्यधिक हुने भएकाले लामो समयसम्म पेट भरिइरहन्छ ।

६यसमा भएको फाइबरको मात्राले कब्जियतको समस्याबाट पनि टाढा राख्ने गर्छ ।

७ ब्राउन चामलमा फाइबरको मात्रा बढी हुँदा शरीरले कार्बोहाइड्रेटलाई पचाउन साबिकभन्दा अलि बढी समय लिन्छ । जसका कारण रगतमा चिनीको स्तर नियन्त्रण हुन मद्दत गर्छ । यसको प्रयोगले रगतमा ग्लुकोजको मात्रा पनि कम हुन जान्छ । त्यसैले मधुमेहको समस्या भएका मानिसलाई ब्राउन राइस निकै लाभदायक हुन्छ ।

८महिलाले ब्राउन राइसको प्रयोग गर्दा उनीहरूमा पित्तमा देखिने पत्थरीको खतरा पनि धेरै हदसम्म कम भएर जान्छ ।

 

तपाईको प्रतिक्रिया