अभ्यासमा पनि समर्थकको हुटिङ - Naya Patrika
eNaya Patrika
  • ePaper

अभ्यासमा पनि समर्थकको हुटिङ

विश्वकपका लागि अर्जेन्टिनी टिम अहिले रसियामा पुगिसकेको छ । तर, सोमबारको अभ्यास भने अर्जेन्टिनाका लागि सम्झनलायक रह्यो । मंगलबार अर्जेन्टिनाले अभ्यास गरिरहेको स्थानमा लियोनल मेसीलाई हेर्नका लागि सयौँ समर्थक अभ्यास गरिरहेको मैदानमा पुगेका थिए ।

टिमले सोमबार एक घन्टाको अभ्यास गरेको थियो । जहाँ बार्सिलोनाका स्टार लियोनल मेसीका समर्थकले उनको समर्थनमा नाराबाजीसमेत गरे । धेरै दिनदेखिको चिसोपछि सोमबारको न्यानो घाममा रसियाको दक्षिणपूर्वस्थित बोनित्सीको अस्थायी मैदानमा उनीहरूले मेसीको अभ्यासकला हेर्ने मौका पाए ।

अर्जेन्टिनालाई चोटको पिर
विश्वकपअघि अर्जेन्टिना निरन्तर चोटको संघर्षबाट गुज्रिरहेको छ । मुख्य गोलरक्षक सर्जिओ रोमेरोलाई गुमाएको अर्जेन्टिनालाई वेस्टह्यामका मिडफिल्डर म्यानुअल लान्जिनीको चोट पनि थपिएको छ । उनको स्थानमा टिममा एन्जो पेरेजलाई ल्याइएको छ ।

घेरेर अटोग्राफ
अभ्यास सत्रमा पुगेका दर्शकले मेसीको मुखौटो, बार्सिलोना तथा अर्जेन्टिनाको झन्डा देखाएका थिए । अभ्यास सत्र सकिनासाथ उनलाई दर्शकले घेरेर अटोग्राफ मागेका थिए । उनले केही समय दर्शक माझमा बिताए ।

तपाईको प्रतिक्रिया