आइएमई १८औँ वर्षमा प्रवेश - Naya Patrika
eNaya Patrika
  • ePaper

आइएमई १८औँ वर्षमा प्रवेश

विश्वका विभिन्न देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको आइएमई १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने नाराका साथ वार्षिकोत्सव मनाएको छ ।

१८औँ वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेसाप्रतिको इमानदारिता हुनुपर्ने बताए । आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले कर्मचारीको सीप विकास र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइएको र आफैँले आफैँसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

उक्त अवसरमा गरिएको रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा १० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस अवसरमा आइएमईले १८औँ वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिब २० हजार व्यावसायिक साझेदारको साझा सञ्जाल निर्माण गरेको जनाएको छ । कम्पनीले आइएमई  रेमिट्यान्सको क्षेत्रमा आर्जन गरेको पर्यायवाची नामलाई कायम राखिरहेको दाबी गरेको छ । आइएमईको साख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिट्यान्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिट्यान्स सेवाको समेत थालनी गरिसकेको कम्पनीले जनाएको छ ।

यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बिमा, ऊर्जा, केबलकार, हस्पिटालिटीलगायतका व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया