माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा - Naya Patrika
eNaya Patrika
  • ePaper

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

माछापुच्छ्रे  बैंकको कार्यकारी अधिकृतमा नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले कार्यभार सम्हालेका छन् । २१ वर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एसबिआई बैंकबाट सेवा सुरु गरेका थिए ।

त्यसपछि उनी एनएमबी बैंक, माछापुच्छ्रे  बैंक हुँदै उनी नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आइएमई बैंकमा गएका थिए । यसअघि शर्माले करिब ३ वर्ष माछापुच्छ्रे  बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । उनले बैंकिङ क्षेत्रका विभिन्न विषयमा विज्ञता हासिल गरेको बैंकले जनाएको छ । कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा शर्मा उत्कृष्ट मानिएको बैंकको दाबी छ ।

 

तपाईको प्रतिक्रिया