रमदानमा मुस्लिम खेलाडीलाई अभ्यास चुनौती - Naya Patrika
eNaya Patrika
  • ePaper

रमदानमा मुस्लिम खेलाडीलाई अभ्यास चुनौती

सामान्यतया फुटबल खेलाडीको इन्जुरीलाई नयाँ मानिँदैन । तर, ट्युनिसियाका गोलरक्षकलगायत अन्य खेलाडी अभ्यासका दौरान मैदानमा लामो समय रहन सकेनन् । कारण जारी रम्जानको व्रतका कारण उनीहरूले १२ घन्टासम्म केही नखाई व्रत गर्नुपर्छ ।

निकै कठिन मानिने रम्जानको समयमा पानीसमेत नखाई सूर्य उदाएदेखि अस्ताएसम्म खान नमिल्ने भएकाले अहिले मुस्लिम देशका अधिकांश खेलाडीको अभ्यास प्रभावित भएको छ । दिनमा गरिने अभ्यासका क्रममा उनीहरूलाई केही असहज भएको छ ।

छोटो अभ्यास
ट्युनिसियाका मात्र होइन अन्य मुस्लिम देश तथा खेलाडीहरूले आफ्नो व्रतको समयमा अभ्यासलाई केही कम गरेका छन् । तर, स्वभाविक रूपमा इनर्जी र खेलका लागि बलियो तयारी गर्नुपर्ने समयमा व्रत परेकाले गर्दा खेलमा असर पर्ने त होइन ? भन्ने प्रश्न उठेको छ ।

विश्वकपमा स्थान बनाएका मुस्लिम देश इजिप्ट, ट्युनिसिया, मोरक्को, सेनेगल, नाइजेरिया र साउदी अरेबिया तथा इरानका खेलाडीहरू । अहिले व्रतको अन्तिमतिर छन्, यद्यपि बिहीबारबाट नै रम्दान सकिने भएकाले विश्वकपका खेलहरूमा भने उनीहरूलाई असर नगर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया