रमाइलो गर्ने पालो सानेको - Naya Patrika
eNaya Patrika
  • ePaper

रमाइलो गर्ने पालो सानेको

रसिया विश्वकप फुटबल प्रतियोगितामा लिरोय साने अप्रत्याशित रूपमा जर्मनी टोलीमा परेनन् । जर्मनी टोलीमा नपर्दा सानेका समर्थक र सुभचिन्तकले प्रशिक्षक जोचिम लोविरुद्ध आलोचनात्मक प्रतिक्रिया दिन छाडेका छैनन् ।

हालै सम्पन्न इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उपाधि जित्दा सानेले प्रेरणादायी प्रदर्शन गरेका थिए । धेरैजसोले साने जोचिमको पहिलो ११ भित्र पर्ने दाबी गरेका थिए । तर, जोचिमले अप्रत्याशित रूपमा बाहिर राख्दा सानेको विश्वकप सपना भंग भयो । सुरुमा साने दुःखी बने, तर उनी आफूलाई फ्रेस बनाउन कोसिस गरिरहेका छन् ।

उनले आफूलाई विश्पकप ह्याग समाप्त पार्न प्रेमिकालाई धेरै समय दिन क्यालिफोर्नियामा पुगेका छन् । यता अन्तर्राष्ट्रिय मिडियाले साने र प्रेमिका क्यान्डिस ब्रुकबीचको मस्ती गरिरहेका तस्बिर अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । प्रेमिका क्यान्डिसको एक साता छुट्टी यादगार साने क्यालिफोर्नियातिर लागेका हुन् । प्रेमिका क्यान्डिस अमेरिकन हुन् ।

प्रेमिकाले नयाँ स्थान र मानसिक तनाब मुक्त पार्न सानेलाई क्यालिफोर्निया बोलाएकी हुन् । उनीहरूको पहिलो दिन होटेलमै बित्यो । प्रेमिका क्यान्डिसले इन्स्ट्राग्राममा केही फोटो अपलोड गरेकी छिन् । क्यान्डिसको अधिकांश फोटो टु पिसका मात्र देखिन्छन् । ‘यी सबै प्रेमिकाका लागि मात्र हो,’ क्यान्डिसले फोटोसँगै क्याप्सन राख्ने भनिकी छिन्, ‘यो एक साता भरपुर रमाइलो गर्नेछु ।’ आउँदो आइतबार जर्मनीले मेक्सिकोविरुद्ध विश्वकप सुरुवात गर्नेछ । सो खेलमा जोचिमले सानेको उपस्थित हुनु वा नहुनुको पक्ष राम्ररी बुझ्नेछन् ।  ।

तपाईको प्रतिक्रिया