धडकको ट्रेलरबाटै जाह्नवी चर्चामा - Naya Patrika
eNaya Patrika
  • ePaper

धडकको ट्रेलरबाटै जाह्नवी चर्चामा

बलिउड चर्चित नायिका स्वर्गीय श्रीदेवीकी छोरी जाह्नवी कपुरका लागि सोमबार विशेष दिन रह्यो । यसको कारण थियो, उनको पहिलो फिल्म ‘धडक’को ट्रेलर रिलिज हुनु ।

‘धडक’मा जाह्नवी कपुरका साथमा शाहिद कपुरका भाइ इशान खट्टर छन् । फिल्म २० जुलाईमा रिलिज हुँदै छ । फिल्मको ट्रेलर निकै रुचाइएको छ ।

यतिवेला जाह्नवीको चर्चा चुलिएको छ । यससँगै एक पुरानो भिडियो पनि भाइरल भइरहेको छ । जुन भिडियोले जाह्नवीलाई पुराना दिनको सम्झना गराएको छ । उक्त भिडियोमा जाह्नवी कपुर शाहरुख खानलाई उत्कृष्ट अभिनेताको अवार्ड दिइरहेकी छिन् ।

शाहरुखलाई उक्त अवार्ड ‘देवदास’ फिल्मका लागि मिलेको थियो । ‘देवदास’ २००३ मा रिलिज भएको थियो । भिडियोमा जाह्नवी कपुर पिता बोनी कपुर र प्रिटी जिन्टाका साथ देखिएकी छिन् । जतिवेला जाह्नवी मात्र ७–८ वर्षकी देखिन्छिन् ।

‘धडक’ २०१४ मा प्रदर्शन भएको ब्लकबस्टर मराठी फिल्म ‘सौराट’को हिन्दी रिमेक हो । ‘सौराट’को कहानी हिन्दी रिमेकमा आधरित थियो । ‘धडक’मा गरिब दलित युवकको एक धनी तथा उच्च वर्गकी युवतीसँग प्रेम हुन्छ, जसको मूल्य उनीहरूले आफ्नो ज्यान दिएर चुकाउनुपर्छ ।

तपाईको प्रतिक्रिया