वीरांगनामा बाँदर र घोडा - Naya Patrika
eNaya Patrika
  • ePaper

वीरांगनामा बाँदर र घोडा

वीरांगना फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । असार २९ गते प्रदर्शन हुने फिल्मको हालै विभिन्न डिजाइनका पोस्टर दर्शकमाझ प्रस्तुत गरिएको हो ।

राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको फिल्मका पोस्टरमा प्रमुख कलाकार शिल्पा पोखरेल, अनुपविक्रम शाही र पृथ्वीराज प्रसार्इंलगायत बाँदर र घोडालाई समेत स्थान दिइएको छ । यसअघि राजबहादुरले निर्देशन गरेको बृन्दावन फिल्ममा पनि बाँदरको करामत देखाइएको थियो । त्यसर्थमा राजबहादुरलाई जनावरप्रेमी निर्देशक पनि भन्न थालिएको छ ।

फिल्ममा समावेश तिम्रो हाम्रो मायामा बियर परेछ बोलको दोस्रो गीत शनिबार सार्वजनिक गरियो । यसअघि नै तिमी पुलिस म पुलिस बोलको गीत दर्शकमाझ आइसकेको छ । कृष्ण काफ्ले र रेश्मा पुनले गाएको तिम्रो हाम्रो मायामामा दीपक शर्माको संगीत र रघु परियारको शब्द छ ।

रामेश्वर कार्कीले खिचेको सो गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । निर्देशक सानेले केही दिनपछि फिल्मको ट्रेलर ल्याइने जानकारी दिएका छन् ।

एक्सन जनराको फिल्मको निर्मातामा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट छन् । फिल्ममा धीरेन शाक्य, प्रज्ज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेललगायत कलाकारले पनि अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया