काठमाडौंमा गुन्जिए सिक्किमका गायक - Naya Patrika
eNaya Patrika
  • ePaper

काठमाडौंमा गुन्जिए सिक्किमका गायक

ग्रामीण भेगका विद्यालयमा पुस्तकालय सञ्चालन गर्न अक्षयकोष निर्माण गर्ने उद्देश्यले उर्वरा फाउन्डेसन नेपालले भारतको सिक्किमका गायक तथा संगीतकार जीवन शर्मालाई निम्त्याएर सांगीतिक साँझ आयोजना गरेको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा पाहुना गायक शर्माले प्रतिष्ठानका सदस्यसचिव तथा गायक गणेश रसिक, गायकद्वय दीप श्रेष्ठ र किरण प्रधानलगायतका गीत–संगीत पारखीका अगाडि चर्चित तथा कालजयी हिन्दी गजलका साथै नेपाली भाषाका गीत सुनाए । शर्मालाई तबलामा पल्टु साह, गिटारमा शुभ्रदीप मुखर्जी र पर्कुनिस्टमा गौतम दासले साथ दिएका थिए ।

लेखनकुञ्ज भएको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक तथा फाउन्डेसनकी अध्यक्ष देवकी अभिलाशी तथा गायक शर्माको गायन यात्राबारे रसिक, दीप श्रेष्ठ र रामगोपाल आशुतोषले बोलेका थिए ।

तपाईको प्रतिक्रिया