गजरकोटेको चुल्ठो बजारमा - Naya Patrika
eNaya Patrika
  • ePaper

गजरकोटेको चुल्ठो बजारमा

सञ्चारकर्मी एवं सर्जक शिखर गजरकोटेको नयाँ पूर्वेली लोकगीत ‘चुल्ठो’ सार्वजनिक भएको छ । गीतकार गजरकोटेको शब्दमा प्रियजन राईले भाका सिर्जना गरेका छन् ।

गायक कृष्णभक्त राईको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा आरुषी मगर र शिखर गजरकोटेले अभिनय गरेका छन् । तनहुँको गजरकोटका शिखर सञ्चारकर्मको सिलसिलामा सोलुखुम्बुमा छन् । झन्डै दुई दर्जनभन्दा बढी गीत सिर्जना गरेका गीतकार गजरकोटे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुका अध्यक्षसमेत हुन् ।

भन्छन्, ‘सगरमाथाको फेदमा बसेर सञ्चारकर्म गर्नु र गीत सिर्जना गर्नु निकै उत्साहजनक छ । प्रकृतिको काखमा बसेर पूर्वेली भेग र समाजसँगको संगतले पूर्वेली गीत तयार गरेको हुँ ।’

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका सचिवसमेत रहेका सर्जक गजरकोटेका ‘पानी मीठो यारीखोलाको’, ‘पूर्वेली कान्छी’, ‘छाता थेन’, ‘तनहुँ जगरकोट’, ‘बादलु डम्मै’, ‘चरी भएदेखि’ र ‘बार लाऊ है मायाले’लगायत गीतले चर्चा पाएका थिए ।

तपाईको प्रतिक्रिया