चीन-भारतकाे विकास अध्ययन गरी नेपालकाे विकासमा जुट्छु : प्रचण्ड - Naya Patrika
eNaya Patrika
  • ePaper

चीन-भारतकाे विकास अध्ययन गरी नेपालकाे विकासमा जुट्छु : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै चीन र भारतको भ्रमण गर्ने बताएका छन् । प्रचण्डले दुवै देशबाट भ्रमणको लागि निम्तो अाएकाले दुवै देशको भ्रमण चाँडै गर्ने बताएका हुन् ।

नेपालको विकासमा चीन र भारतको समान र महत्वपूर्ण भूमिका रहने भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले दुवै देशको विकासकाे अध्ययन गरी नेपालको विकासमा जुट्ने बताए ।

भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुर महानगरको एकीकृत विकास गुरूयोजना निर्माणका लागि ‘अवसर, चुनौती र भावि कार्यदिशा’ विषयक कार्यशालामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भरतपुर महानगरलाई अन्तर्राष्ट्रियस्तरको नगर बनाउन काम गर्ने प्रतिवद्धता जनाए ।

विकासको काम चितवनबाट सुरू गरेपछि सबै जिल्लामा गर्न सहज हुने उनको दाबी छ । ‘देशलाई समृद्ध बनाउनु छ भने चितवनबाट काम सुरू गर्नुपर्छ,’ उनले भने, ‘त्यसको लागि मैले के सहयोग गर्नुपर्छ गर्न तयार छु ।’

चितवनको विकास गर्दैगर्दा छिमेकी जिल्लालाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने उनले बताए । त्यसको लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकोले काम गर्न समस्या नहुने उनले बताए ।

तपाईको प्रतिक्रिया