'चि मुसी चि'को शिर्ष गीत - Naya Patrika
eNaya Patrika
  • ePaper

‘चि मुसी चि’को शिर्ष गीत

चलचित्र ‘चि मुसी चि’को शिर्ष गीत सार्वजनिक भएकाे छ । दिनेश श्रेष्ठ निर्देशित चलचित्रको शिर्ष गितमा नायिका नम्रता सापकोटाको फिचरिङ रहेको छ ।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगित रहेको छ । गितमा सुजाता पाण्डेको स्वर रहेका छ । पाण्डे नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट पाँचसम्मको यात्रा तय गरेर बाहिरिएकी थिइन् । उनले पहिलोपटक चलचित्रको गीतमा स्वर दिएकी हुन् ।  गीतमा फिल्मका सुनिल क्षेत्री, अलिशा शर्मा र शिवराज शर्मालाई समेत देखाइएको छ ।

चलचित्रमा निल क्षेत्री, सुशान्त, अलिशा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयत कलाकारहरुको अभिनय छ । दिनेश श्रेष्ठकै लेखन रहेकाे चलचित्र ‘चि मुसी चि’को प्रदर्शन मिती साउन ११ लाइ तोकिएको छ ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ चलचित्रका निर्माता हुन भने कार्यकारी निर्माताका रुपमा शिवराज कार्की छन् ।

तपाईको प्रतिक्रिया