वडाध्यक्ष पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

वडाध्यक्ष पक्राउ

जाजरकोटमा एक वडा अध्यक्ष पक्राउ परेका छन् । भेरी नगरपालिका–१२ का वडाध्यक्ष निमबहादुर भनारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय शितला रावतले २०७३ फागुन १७ गते मदिरा सेवन गरेर भनारीले आफुलाई खुकुरी देखाएर गाली गलौज गरी ज्यान लिने धम्की दिएको भन्दै सार्वजनिक अपराध अन्तर्गत स्थानीय प्रशासनमा जाहेरी दिएकी थिइन् । घटना लगत्तै खुकुरीसहित पक्राउ परेका वडा अध्यक्ष भनारी १० दिन प्रहरी हिरासतमा बसेर तारेखमा छुटेका थिए । वडाध्यक्ष नहुँदै भएको घटनाको वडाध्यक्ष भएको करीब एक वर्षपछि गत वैशाखमा फैसला भएको थियो ।

गत वैशाख १० गते तत्कालिन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले वडाध्यक्ष भनारीलाई दोषी ठहर्याउँदै एक महिना १० दिन कैद र ६ हजार जरिवाना सुनाएका थिए । फैसलामा चित्त नबुझे सम्बन्धित पक्षले फैसलाकोे ३५ दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन सकिने कानुनी प्रावधान रहेको छ ।

उक्त अवधि वितेपछि प्रहरीले फैसला कार्यान्वयन गर्न वडाध्यक्ष भनारीलाई पक्राउ गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । घटना लगत्तै हिरासतमा बसेको १० दिन कटाएर उनले अब एक महिना कारागारमा बस्नुपर्ने छ । तत्कालिन एमालेबाट निर्वचित वडाध्यक्षलाई छुटाउन पार्टीका नेतादेखि विभिन्न शक्ति केन्द्रबाट दवाब आइरहेको प्रहरी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया