विप्लव नेतृत्वको पार्टीका चार कार्यकर्ता पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

विप्लव नेतृत्वको पार्टीका चार कार्यकर्ता पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अखिल(क्रान्तिकारी) का रसुवा संयोजक नविन घिमिरे, जिल्ला सदस्य सेजन ठकुरी र ठाकुर तिमिल्सिना, पश्चिम ताम्सालिङ इञ्चार्ज बद्री अधिकारी र क्रान्तिकारीका केन्द्रीय सदस्य अटल शर्मा रहेका छन् ।

मंगलबार कालिका गाउँपालिका–४ धुसेनीमा अखिल(क्रान्तिकारी) को ९ औं जिल्ला सम्मेलनको कार्यक्रमबाट उनीहरुलाई पक्राउ गरिएको नेपाल कम्युनिष्ट पार्टी रसुवाका इञ्चार्ज रजमान तामाङले बताए ।

तपाईको प्रतिक्रिया