परमाणु निशस्त्रिकरणका लागि उत्तर काेरिया तयार ! - Naya Patrika
eNaya Patrika
  • ePaper

परमाणु निशस्त्रिकरणका लागि उत्तर काेरिया तयार !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगकाे वार्तापछि उत्तर काेरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएकाे छ ।

ट्रम्प र उत्तर काेरियाका सर्वाेच्च नेता किम जाेङबीचकाे भेटका क्रममा यस्ताे सहमति भएकाे हाे ।

भेटपछि सम्झाैतामा हस्ताक्षर गर्न अायाेजना गरिएकाे कार्यक्रममा अमेरिकी राष्ट्रपतिले यस्ताे खुलाए भने त्यसमा किमले समर्थन जनाए ।

उत्तर कोरियाका नेता किम जोङ–उनसँग आफ्नो ‘स्पेसल बोन्ड’ विकास भएको बताएका ट्रम्पले किमसँग राम्रो सम्बन्ध बिस्तार भएको र यसले काेरियाकाे परमाणु निशस्त्रिकरणकाे ढाेका खाेलेकाे उल्लेख गरे ।

ट्रम्पले आफूहरूबीच फेरि भेटवार्ता हुने भन्दै उत्तर कोरियाको परमाणु निशस्त्रिकरण प्रक्रिया निकै चाँडै सुरु हुने बताए ।

‘यो वार्ताबाट ऐतिहासिक सफलता हाँसिल भएको छ,’ ट्रम्पले भने, ‘अब उत्तर कोरियाको परमाणु निशस्त्रिकरण प्रक्रिया निकै चाँडै सुरु हुनेछ ।’

किमले ट्रम्पलाई  अंग्रेजीमा भने-
‘नाइस टू मिट यू, मिस्टर प्रेसिडेन्ट ’

त्यसअघि पत्रकारले किमलाई अमेरिका बोलाउनु हुन्छ ? भनी ट्रम्पलार्इ प्रश्न गरेका थिए । जवाफमा उनले ‘पक्कै बोलाउने प्रतिकृया दिए ।

तस्बिर : एजेन्सी

उत्तर कोरियाका नेता किमले पनि उत्तरले परमाणु निशस्त्रिकरण प्रक्रिया चाँडै सुरु हुनेतर्फ संकेत गरे ।

उनले भने, ‘हामीले विगतलाई पछाडि नै छोड्ने सहमति गरेका छौँ । अब  विश्वले ठूलो परिवर्तन देख्नेछ ।’

ट्रम्पले किमसँग हात मिलाउँदै भने, ‘धेरै धन्यवाद, वार्ता निकै उत्कृष्ट रह्यो ।’ यसो नभिरहँदा ट्रम्प मुस्कुराएका थिए ।

५० मिनेट चल्याे एेतिहासिक एकान्त वार्ता,
दुवैले भने- मतभेद ताेडेर नयाँ सम्बन्ध सुरू भयाे

ट्रम्पले पत्रकारसँग भने, ‘आज जे भयो त्यसका लागि हामी निकै गर्व गर्छौँ । अब उपरान्त उत्तर कोरिया तथा समग्र कोरिया प्रायद्विपसँगको हाम्रो सम्बन्धमा परिवर्तन आउने छ । पहिलेभन्दा फरक हुनेछ ।’

त्यसअघि दुई नेताले सम्झौतामा हस्ताक्षर गर्दै साैहार्दपूर्ण रूपमा हात मिलाएर तस्बिर खिचाएका थिए ।

तपाईको प्रतिक्रिया