शिखर वार्तापछि किमले ट्रम्पलाई अंग्रेजीमा भने- 'नाइस टू मिट यू, मिस्टर प्रेसिडेन्ट' - Naya Patrika
eNaya Patrika
  • ePaper

शिखर वार्तापछि किमले ट्रम्पलाई अंग्रेजीमा भने- ‘नाइस टू मिट यू, मिस्टर प्रेसिडेन्ट’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएकाे भेटवार्ताकाे समाचारले संसारभरका सञ्चारमाध्यममा प्राथमिकता पाइरहेका छन् ।

परस्पर दुश्मनीकाे अवस्थामा रहेका दुर्इ अाणविक शक्ति सम्पन्न राष्ट्रका बीचकाे वार्ताका हरेक प्रसंग चर्चामा छन् ।

भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेकाे खबर अहिले चर्चामा छ ।

सिंगापुरको सान्तोसा द्वीपमा क्यापेला होटलमा करिब ५० मिनेटसम्म भएको एेतिहासिक वार्ताकाे अन्तिममा किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका थिए ।

वार्तापछि दुवै नेताले दुर्इ देशबीचकाे सम्बन्ध अब नयाँ शिराबाट सुरू भएकाे प्रतिकृया दिएका थिए ।

 

याे पनि पढ्नुस्

५० मिनेट चल्याे एेतिहासिक एकान्त वार्ता, दुवैले भने- मतभेद ताेडेर नयाँ सम्बन्ध सुरू भयाे

ट्रम्प–किम बहुप्रतीक्षित शिखर वार्ता सिंगापुरमा सुरू

तपाईको प्रतिक्रिया