नौ अंक बढ्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

नौ अंक बढ्यो नेप्से

साताको दोस्रो दिन सोमबार नेप्से ९ अंकले बढेको छ । ९ दशमलव ५५ अंक नेप्से बढेर १२४१ दशमलव १९ मा परिसूचक कायम भएको छ ।

एक सय ७० कम्पनीको एक लाख १७ हजार ६ हजार चार सय ९१ कित्ता सेयर ४३ करोड ६८ लाख ८६ हजार आठ सय २९ रुपैंयामा पाँच हजार तीन सय १२ पटक खरिदबिक्रि भएको छ ।

सोमबार व्यापार, विकास वैंक र फाइनान्स समूहको भने परिसूचक घटको छ । बैंकको ६ दशमलव ३, होटलको ६० दशमलव ६७, हाइड्रोपावरको ५ दशमलव ६४, इन्स्योरेन्सको एक सय २ दशमलव ८, उत्पादनमूलक समुहको ७ दशमलव ३१, अन्यको ३ दशमलव ४८ र माइक्रोफाइनान्सको २२ दशमलव ८९ अंक परिसूचक घटेको छ ।

नबिलको कारोबार बढी
सोमबार नबिल बैंक लिमिटेड (संस्थापक सेयर)ले सबैभन्दा बढी तीन करोड ८५ लाखको कारोबार गरेको छ । त्यस्तै सिभिल लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक(संस्थापक सेयर), साना किसान विकास बैंक, एभरेष्ट बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक(संस्थापक सेयर) र मेगा बैंक नेपाल लिमिटेडले एक करोड भन्दा बढीको कारोबार गरेका छन् ।

तपाईको प्रतिक्रिया