जलमग्न सडकमा झण्डावाल मन्त्रीको यात्रा (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

जलमग्न सडकमा झण्डावाल मन्त्रीको यात्रा (फोटोफिचर)

सामान्य वर्षा हुँदा त काठमाडौँको सडक जलमग्न हुनेगर्छ त्यसमाथि वर्षातको समय ढल निकासलाई अव्यवस्थित छाडिदिँदा सर्वासाधारणले खेप्ने हैरानीको बयान गरी साध्य छैन ।

नेपाली सेनाको मुख्यालयकै सामुन्ने माइतीघर मण्डलादेखि भद्रकाली निस्कने सडकमा ढल निकासको कार्य अव्यवस्थित छाडिदिँदा शनिबार सडक जलमग्न थियो ।

सवारीचालक र पैदलयात्रीलाई जलमग्न सडक पार गर्न निकै कठिन देखिन्थ्यो । त्यही समय एक मन्त्री झण्डा हल्लाउँदै बाटो पार गरिरहेका थिए । जलमग्न सडकको छेउबाट नयाँ पत्रिकाका विनोद बिष्टले आफ्नो क्यामेरामा तस्बिरहरू कैद गर्न भ्याए ।

तपाईको प्रतिक्रिया