रेमिट्यान्सको सकारात्मक पहलको लागि दुतावासको अन्तरक्रिया - Naya Patrika
eNaya Patrika
  • ePaper

रेमिट्यान्सको सकारात्मक पहलको लागि दुतावासको अन्तरक्रिया

नेपाली राजदुतावास युएईले विप्रेषण(रेमिट्यान्स) र यसको सहि सदुपयोगको लागि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।गत सोमबार दुतावास परिसरमा आयोजित उक्त कार्यक्रममा युएईमा क्रियाशिल नेपाली बैंक र नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अन्र्तक्रियामा सहभागीहरुले मजदुरहरुमा भएको हुण्डीको कारणले पर्ने असर को बारेमा जनचेतनाको अभाव हुनु र चेतना भएकाहरुबाट इमान्दारिताको अभावका कारण विप्रेषणमा चोर बाटो प्रयोग हुने गरेको बताएका थिए ।


युएईमा रहेका नेपाली मजदुरहरुलाई धेरै दर पाइने जस्ता प्रलोभन देखाएर हुण्डी गर्नेहरुलाई सरकारले कारवाही गर्नुपर्ने सहभागीको आवाज रहेको थियो । कार्यक्रममा उपस्थित युएईमा क्रियाशिल नेपाली बैंकका प्रतिनिधिहरुले आठ बुँदे सुझाव सहित लिखित ज्ञापन पत्र बुझाएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत सागर फुँयालले अवैधानिक विप्रेषणको बारेमा दुतावास संवेदनशिल भएको र त्यसको निस्तेजका लागि सम्बन्धित निकायमा पत्रचार गरि पहल गरिने बताएका थिए ।

 

तपाईको प्रतिक्रिया