युएईमा ‘हेटौंडा जर्नालिज्म अवार्ड’ को तयारी तीव्र - Naya Patrika
eNaya Patrika
  • ePaper

युएईमा ‘हेटौंडा जर्नालिज्म अवार्ड’ को तयारी तीव्र

मकवानपुर जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूलाई युएईमा प्रदान गरिने ‘हेटौंडा जर्नालिज्म अवार्ड’ को तयारी तीव्र पारिएको छ ।

कार्यक्रमका लागि हल बुकिङ, नेपालबाट आउने अतिथिका लागि भिषा, टिकटको व्यवस्थालगायत प्रकृया पूरा भएको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि नेपालबाट करिब ४५ जना पत्रकार र व्यवसायी युएई आउने र अवार्ड कार्यक्रमका अवसरमा दुईजना पत्रकार र दुईजना व्यवसायीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा उत्कृष्ट पत्रकार वर्ष अवार्ड, खोजी पत्रकारिता वर्ष अवार्ड, सामाजिक पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम प्रस्तोता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, चुनौतिपूर्ण वर्ष अवार्ड, सञ्चार उद्यमी वर्ष अवार्ड र बजार व्यवस्थापक वर्ष अवार्ड गरी ९ विधामा अवार्ड प्रदान गरिने आयोजकले संस्थाले जनाएको छ ।

अवार्ड छनोटका लागि ०७४ सालकोे कामका अधारमा निर्णायक मण्डलले सञ्चारकर्मीलाई प्रदान गरिने अवार्डको निर्णय गर्नेछ ।

न्यू मिडिया एकेडेमीले सञ्चालन गरेको सिधाखबर डटकम मुख्य आयोजक रहेको उक्त अवार्ड कार्यक्रममा युएई आयोजकको जिम्मा प्रदेश ३ एकता समाजले लिएको छ ।

एकता समाजमा युएईका तर्फबाट सममी खान, मदन अधिकारी, भिम अधिकारी र मनोज गोर्खाली छन् ।

उनीहरुले गत शुक्रबार दुबईमा पत्रकार सम्मेलन गरेर कार्यक्रमका विषयमा जानकारी दिएका हुन् । कार्यक्रम दुबईस्थित एभरेष्ट क्लबको हलमा अगामी असार ८ (२२ जुन) मा हुनेछ ।

अशोक दर्जी र टंक बुढाथोकी युएई अाउँदै
कार्यक्रममा आफ्नो प्रस्तुति राख्न ‘धन बिनाको मन ठुलोकी……’ भन्ने गीत गाएर चर्चामा आएका गायक अशोक दर्जी र टंक बुढाथोकी युएई आउने भएका छन् ।

कार्यक्रमबाट आउने मुनाफा बाल गायक अशोक दर्जीको घर निर्माणका लागि सहयोग गरिने युएई आयोजकका समिम खानले नयाँ पत्रिकालाई बताए ।

उनका अनुसार कार्यक्रममा युएईमा क्रियाशील नेपाली कलाकारको समेत प्रस्तुति रहने छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखा, एनआरएन युएई, इनाश युएई, एभरेष्ट मार्शल आर्ट ट्रेनिङ क्लब युएईलगायत सहयोगी संस्थाका रुपमा रहनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु