विद्यालय छोडेर विद्यार्थीहरू चरेश बनाउन ब्यस्त - Naya Patrika
eNaya Patrika
  • ePaper

विद्यालय छोडेर विद्यार्थीहरू चरेश बनाउन ब्यस्त

बाँकेका गाउँहरुमा विद्यार्थीहरु विद्यालय छोडेर गाँजा र चरेस बनाएर बेच्न थालेपछि स्थानीयहरु चिन्तित भएका छन् । बैजनाथ, लुन्द्री र करेलीभाग्राका विद्यार्थीहरु विद्यालय छोडेर खेतबारीमा उम्रिएको गाँजालाई चरेस बनाउन व्यस्त हुन्छन् ।

विद्यालय जाने उमेरका अधिकांश यूवा र किशोर विद्यालय नगएर खेतमा गएर दिन बिताइरहेका भेटिन्छन् ।  स्थानीय सरस्वती स्कुल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णमाया गुरुङका अनुसार विद्यालयमा अध्ययन गर्न आउने बालबालिका पैँसा कमाउने नाममा कक्षाबाट भागेर गाँजाबाट चरेश बनाउन जान्छन् ।

अध्ययनका लागि विद्यालय आएका विद्यार्थीले गाँजाबाट चरेश बनाएर ५० देखि एकसय रुपैयाँसम्ममा आम्दानि गर्छन् । त्यही पैँसाको लोभले विद्यार्थीहरु कक्षा कोठमा नबसेर चरेश बनाउन खेतबारीमा जान्छन् ।

विद्यालय जाने बालबालिका गाउँमा चरेसको कुलतमा फँसेपछि स्थानीयले गाँजा उन्मुलनका लागि सरकरासँग सहयोगको याचना गरेका छन् । एकदुई दिन गाँजा नष्ट गर्दैमा केही नहुने भन्दै स्थानीयले योजनाबद्ध रुपमा अभियान चलाउन सरकारसँग माग गरेका छन् ।

बैजनाथ गाउँपालिकाको दुई सय विघा क्षेत्रफलमा उम्रिएको गाँजा नष्ट गर्नका लागि गाउँपालिकासँग रकम माग गरेको वडा अध्यक्ष भग्गन थारुले बताए ।

यसअघि पनि स्थानीयको गुनासो आएपछि बाँके प्रहरीले गाँजा नष्ट गर्ने प्रयास गरेपनि अभियान बिचमै बन्द भएको थियाे ।

तपाईको प्रतिक्रिया