पोल गाडेको १५ वर्षपछि विद्युतीय सामग्री वितरण - Naya Patrika
eNaya Patrika
  • ePaper

पोल गाडेको १५ वर्षपछि विद्युतीय सामग्री वितरण

बागलुङको जैमिनी नगरपालिका–७ स्थित जैदीमा पोल गाडेको १५ वर्षपछि विद्युतीय सामग्री वितरण गरिएको छ । लामो समयदेखि अन्धकारमा बस्दै आएका दक्षिण जैदीका स्थानीय विद्युत सामग्री पाएपछि उज्यालोमा बस्न पाउनेमा ढुक्क छन् ।

विद्युत प्राधिकरण बागलुङ शाखाको सहयोगमा निःशुल्क विद्युतीय सामाग्री उपलब्ध गराइएको हो ।
वर्षौँदेखि टुकी बालेर गुजारा चलाएकी स्थानीय कुमारी सार्की टुकी र लालटिन बाल्ने झन्झट सदाका लागि अन्त्य भएकोेमा हर्षित छन् । ‘मोबाइल र लाइट चार्जका लागि दैनिक अन्यत्र गाउँमा जानुपर्ने थियो अब त्यो बाध्यता हटेको छ’, सार्कीले भनिन् ।

उनले आफ्नो परिवारसँग विजुली बाल्नका लागि मिटर किन्ने पैसा नभएर अन्धारमै बस्नुपर्ने सोचेको तर वडा कार्यालयको सहयोगका कारण गाउँमै सरकार आएको महशुस भएको बताइन् । ०६० सालमा जैदी सामुदायिक विद्युतिकरण उपभोक्ता समिति मार्फत आसपासका बस्तीमा बिजुली बलेपनि त्यहाँको समुदाय विपन्न भएका कारण बत्ती बल्न नसकेको वडा सदस्य केन्द्र रसाइलीले बताए ।

‘हामीले सहयोगका लागि धेरै ठाउँमा प्रयास ग¥यौँ तर पहिले सफल हुन सकिएन’ रर्सालीले भने, ‘पन्ध्र वर्षपछि मिटर र तार निःशुल्क प्राप्त गरेका छौं, घरमा वायरिङका लागि अन्य सहयोगको बाटो खोज्दै छौं’, उनले भने । वडा कार्यालयले लक्षित वर्गको कार्यक्रम अनुसार सामग्री वितरण गरेको रसाइलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया