समृद्धिलाई यु–९ गल्र्स सिंगल्सकाे उपाधि - Naya Patrika
eNaya Patrika
  • ePaper

समृद्धिलाई यु–९ गल्र्स सिंगल्सकाे उपाधि

समृद्धि महर्जनले प्रथम आइएमई/जेटिआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्स उपाधि जितेकी छिन् । आइएमई फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले सैबी ढकाललाई ५–४, १–४ र १०–८ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भइन् ।

सक्षमविक्रम फाइनलमा
यु–१० ब्वाइज सिंगल्समा सक्षमविक्रम शाहले ऋध्भीक कार्कीलाई ६–० र ६–३ तथा आयुषमान हजुर घलेले राजवीर प्रधानलाई २–६, ६–२ र १०–८ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरे । सो स्पर्धाको गल्र्समा प्रशंसा मोक्तानले आध्या पौडेललाई ६–० र ६–३ तथा सुनीरा थापाले जेनी खड्कालाई ६–३ र ६–३ को सीधा सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे ।

आर्यन अन्तिम चारमा
त्यस्तै, यु–१४ ब्वाइज सिंगल्समा आर्यन गिरीले प्रथम पौडेललाई ६–० र ६–१ ले पराजित गर्दा कुबेहाङ राईले श्रीयास पौडेललाई ६–० र ६–१ ले हराए । त्यस्तै, प्रीतम परियारले आयुषमान नेपाललाई ६–० र ६–२ तथा चिराग तिमल्सिनाले विवेक जोशीलाई ६–०, ५–७ र ६–२ को सेटमा पन्छाउँदै सेमिफाइनलमा स्थान बनाए । उक्त स्पर्धाको गल्र्समा सलोनी तामाङले सर्भानी श्रेष्ठलाई ६–२ र ६–१ तथा रायना शाहले ईशाश्री शाहलाई ३–६, ६–३ र ६–४ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

 

तपाईको प्रतिक्रिया