शुन्य दशमलव ४६ अंक घट्यो नेप्से , कारोबार ३४ करोड - Naya Patrika
eNaya Patrika
  • ePaper

शुन्य दशमलव ४६ अंक घट्यो नेप्से , कारोबार ३४ करोड

साताको पहिलो दिन आइतबार नेप्से सामान्य अंक घटेको छ । शुन्य बिन्दु ४६ अंकले घटेर नेप्से परिसुचक १३३९ बिन्दु १९ मा पुगेको छ ।

कुल एक सय ५९ कम्पनीका ७ लाख ६९ हजार तीन सय तीन कित्ता शेयर तीन हजार ९ सय ५६ पटक खरिदबिक्री हुँदा ३४ करोड ८२ लाख ९८ हजार तीन सय २३ रुपैयाँको कारोबार भएको छ । बजार सुरू भएकाे केही घण्टामा झण्डै १७ अंकले बढेको नेप्से अन्तिम समयमा शुन्य बिन्दु ४६ अंक घटेर बन्द भएको छ ।


पछिल्लो समय नेप्से बजारमा उतारचढाब आइरहेको छ । गत साता लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा देखिए । बजार सुस्त गतिमा चलेका कारण लगानीकर्ताहरू अन्योलमा परी यस्तो रणनीति अपनाएका हुन । बजार अघिल्लो सातादेखि सुस्त गतिमा तलमाथि गरिरहेको छ ।

आइतबार केही समूहमा नेप्से बढेका छन् भन् केही समूह घटेका छन् । विकास बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र माइक्रोफाइनान्स बाहेका अन्य सबै समूहका परिसुचक घटेका हुन् । बैंक १ बिन्दु ७८, होटल १९ बिन्दु ५५, फाइनान्स शुन्य बिन्दु ०२, उत्पादनमुलक समूह ११ बिन्दु ६४ र अन्य शुन्य बिन्दु ३२ अंकले घटेका छन् । त्यसै गरी विकास बैंक एक बिन्दु ०३, हाइड्रोपावर शुन्य बिन्दु ८४, इन्स्योरेन्स १९ बिन्दु ७६ र माइक्रोफाइनान्स बिन्दु ९ अंकले बढेका छन् ।

सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स विकास बैंकले दुइ करोडको कारोबार गरेको छ । प्रभु इन्स्योरेन्सको करोड, नेशनल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र नेपाल बैंक प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया