सल्यानमा बस दुर्घटना हुँदा २० घाइते - Naya Patrika
eNaya Patrika
  • ePaper

सल्यानमा बस दुर्घटना हुँदा २० घाइते

रुकुमको चौहरजारिबाट नेपालगञ्जका लागि छुटेको ना ३ ख ७८७२ नम्बरको बस सल्यानको सल्लिबजारमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बागेश्वरि यातायातको बस सल्लिवजार नजिकै अम्रामा दुर्घटना भएको हो ।

सल्लिबजारमा रहेको ईलाका प्रहरी चौकीले दिएको जानकारी अनुसार २० घाइते भएको अनुमान गरिएपनि घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । बसमा चालक दलका ४ जना सदस्यसहित ४४ जना सवार रहेका थिए । घाइतेहरुको उद्धारमा ईलाका प्रहरी, स्थानीयहरु खटिरहेका छन् । विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया