logo

bar

क्याम्पस प्रमुखको राजीनामा माग्दै तालाबन्दी

अशोक पहाडी रौतहट,४ जेठ | जेठ ०४, २०७५

क्याम्पस प्रमुखको राजीनामा माग्दै विद्यार्थीहरूले रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

युनियनका सभापति संगम श्रेष्ठको नेतृत्वमा आज बिहान स्वतन्त्र विद्यार्थी युनियन समर्थक विद्यार्थीहरूले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

क्याम्पस प्रमुख दुर्गाप्रसाद दहालले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको तालाबन्दी गर्नेहरूको आरोप छ ।

क्याम्पस प्रमुख दहालले बिएड तेस्रो वर्षको परीक्षामा एउटा विषय पढाएर अर्को विषयको परीक्षा दिन बाध्य बनाएको, दहाललाई व्यवस्थापन समितिका अध्यक्ष शशिविनोद काफ्लेले राजनितिक संरक्षण दिने गरेको आरोप छ ।

क्याम्पस प्रमुख दहालले राजीनामा नदिएसम्म तालाबन्दी नखोल्ने बताएका विद्यार्थी नेताहरूले तत्काल माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् । सो स्ववियु निर्वाचन हुने जिल्लाको एक मात्र क्याम्पस हो ।

तपाईको प्रतिक्रिया