logo

bar

नेकपाका अध्यक्षद्वयले केन्द्रीय कार्यालय अवलोकन गर्ने

नयाँ पत्रिका काठमाडौं, ४ जेठ | जेठ ०४, २०७५

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र प्रचण्डले शुक्रबार आज दुवै कार्यालय भिजिट गर्ने भएका छन् । आजको संसद बैठक सकिएपछि ओली-प्रचण्डले ४ बजे पूर्व माओवादीको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडा र पूर्व एमालेको धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालयको अवलोकन गर्ने प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ । तत्कालका लागि धुम्बाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज धुम्बाराहीस्थित कार्यालयमा पुगी कार्यभार सुरु गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु