logo

bar

डोटीमा जिप दुर्घटना, ६ जना घाइते

कर्ण चन्द/नयाँ पत्रिका डोटी, ४ जेठ | जेठ ०४, २०७५

डोटीको जोरायल गाउँपालिका वडा नं ४ लक्ष्मीनगरमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुडर–जोरायल सडक खण्ड अन्तरगत पर्ने बाँजीलेक गुँयली भन्ने ठाँउमा ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको हो ।

घाइते मध्ये नरेश मडै र चित्रा शाहानीको अबस्था गम्भीर रहेको छ । अन्य घाइतेहरुमा बिरेन्द्र शाहु, घुर्बराज जोशी, जेतबहादुर खत्री, सृजना खत्री रहेको प्रहरीले जनाएको छ । जोरायलबाट कैलालीका लागी हिडेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

घाइतेहरुको सरस्वती प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागी कैलाली पठाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु