logo

bar

डोटीमा चट्याङ लागेर ७ जना घाईते

कर्ण चन्द/नयाँ पत्रिका जेठ ४, डोटी | जेठ ०४, २०७५

डोटीमा चट्याङ लागेर ७ जना घाईते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-७ पाँकरीको कोईरेलीमा हिजो मध्यराती चट्याङ पर्दा घरमा सुतिरहेका प्रेम पार्की, नमसरी पार्की, धौली पार्की, कमली पार्की, धौली बिक, दिले पार्की र बिरमा पार्की घाईते भएको वडा नम्बर ७ का अध्यक्ष कर्ण बिष्टले जानकारी दिए ।

६ जनाको अबस्था सामान्य रहेको भए पनि घाईते मध्य नमसरी पार्कीको अबस्था गम्भीर रहेको बिष्टले बताए । चट्याङ लागेर दुईवटा भैँसी र गोरु पनि मरेका छन् । हिजो मध्यराती हावाहुरी संगै परेको चट्याङबाट उक्त क्षती भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्ष हेरम्ब शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया