logo

bar

गीत : ‘जननेताको सम्झनामा’

चन्द्रप्रसाद वाडे गाउँले सिन्धुपाल्चाेक, ३ जेठ | जेठ ०३, २०७५

चन्द्रप्रसाद वाडे गाउँले

 

मदन आश्रीत ! मदन आश्रीत !!
हामीले सम्झियौँ मदन आश्रीत !

क्रान्तिको बाटो दिई सत्यता खोज्ने तिमी
जुनेली रात चन्द्र जस्तै उदायौ तिमी
जनताको जनवादको निर्माण गर्नेहरु
हिमालको सौन्दर्य जस्तै जनता रिझाउनेहरु

हामीले……
यो देशका कालीगढ फेरी फर्कि आउ
त्यो दिनको घटना सम्झी रुँदै कता जाउँ ?
दिन पनि रात भयो अटुट सम्झना छ
खै कुन जासुसले मारदिए जनताका नेता

हामीले……
श्रद्धाञ्जली दिँदा, यो मुटु तड्पिन्छ
सम्झेर ल्याउँदा हरक्षण यो मुटु झस्किन्छ
इच्छा मनको स्वर्गीय कामरेडको
पूराहोस् भन्दै हाम्रो छ कामना

मदन आश्रीत मदन आश्रीत
हामीले सम्झियौँ मदन आश्रीत

तपाईको प्रतिक्रिया