logo

bar

मेयर कप फुटबलमा पशुपति र जनज्योति स्कुल फाइनल प्रवेश

विश्वराज पछल्डङग्या बाँके | जेठ ०२, २०७५

मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत १४ वर्ष मुनीको समूहतर्फ पशुपति मावि र जनज्योती हाईस्कुल फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमिफाइनलमा अमर माविलाई हराउँदै पशुपतिले फाईनलको यात्रा तय गर्दा जनज्योतिले भुपु सैनिकविरुद्ध जीत दर्ता गर्दै उपाधिको दौडमा आफूलाई कायमै राखेको छ ।

सेमिफाइनलमा अमर मावि बिरुद्धको खेलमा पशुपतिका खेमराज शाही र अनिल थारुले एक÷एक गोल गरे । त्यस्तै भु.पु सैनिकविरुद्ध जनज्योतिका गिफ्ट पाण्डेले दुई, नविन विसीले दुई तथा निश्चल भट्टराईले एक गोल गरे ।

चौध बर्ष मुनीको समूहमा पशुपति र जनज्योतिबीच पाँच गते विहान उपाधीका लागि प्रतिस्पर्धा हुने छ । उता सिनियर ब्वाईजतर्फ यसअघि नै जीभीएन कलेज र जनज्योति पब्लिक हाईस्कुलले फाईनलको यात्रा तय गरिसकेका छन् । सिनियरतर्फको फाईनल ४ जेठ दिउँसो ३ बजेदेखि सञ्चालन हुनेछ ।

सिनियर छात्रातर्फ बुधबार दिउँसो भएको पहिलो खेलमा जनज्योति हाईस्कुलले मुनतारालाई शून्यका विरुद्ध सात गोलले पराजित गरेको छ । जनज्योतिको तर्फबाट अंजली चौधरी, बिरमाया चौधरी, निर्मला बस्नेतले क्रमशः २/२ गोल तथा मोनिका जिएमले १ गोल गरे ।

त्यसैगरि दोस्रो खेलमा अमर माबि बिजयी भएको छ । अमर माबिले गुराँस चाईल्डलाई शून्यको विरुद्ध १ गोलले पराजित ग¥यो । अमर माविको तर्फबाट सपना सुनारले गोल गरेकी थिइन् ।

छात्रातर्फको खेल लिगका आधारमा खेलाइएको छ । प्रत्येक टोलीले तीन वटा म्याच खेल्ने र सबैभन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता घोषित हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया