logo

bar

एमाले–माओवादी एकताः चुनाव चिन्ह सूर्य, सिद्धान्त ‘जनताको जनवाद’

सन्तोष भट्टराई काठमाडौं | जेठ ०२, २०७५

माओवादी केन्द्रको हेडक्वार्टर बैठक भखैरै सकिएको छ । बिहीबार विहान १० बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकबाट एकीकृत पार्टीको नाम अनुमोदन गर्ने र दिउँसो तीन बजे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने माओवादी नेता तथा उर्जामन्त्री वर्षमान पुन अनन्तले नयाँ पत्रिकालाई जानकारी दिए ।

उनले निर्वाचन आयोगमा दर्ता भएपछि राष्ट्रिय सभागृहमा आएर एकताको घोषणा गर्ने बताए । पुनले एकीकृत पार्टीमा ४ सय ४१ जनाको केन्द्रीय कमिटी बन्ने, जसमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना रहने समझदारी भएको बारे अध्यक्ष प्रचण्डले बैठकमा व्रिफिङ गरेको बताए ।

बिहीबार विहान माओवादी केन्द्रको हेडक्वार्टर बैठकले एकीकृत पार्टीको केन्द्रीय समितिमा पठाउने २ सय जनाको नाम टुंगो लगाउने पुनले बताए ।

त्यस्तै, स्थायी समिति ४३ जनाको बन्ने र त्यसमा एमालेको भागमा २५ र माओवादीको भागमा १८ जना रहने समझदारी भएको पुनले बताए । बैठकमा प्रचण्डले एकीकृत पार्टीको तत्कालिन सिद्धान्त ‘जनताको जनवाद’ रहने र चुनाव चिन्ह सूर्य राख्ने सहमति भएको जानकारी गराएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए ।

अध्यक्ष प्रचण्डले बैठकमा सात महिना लामो एकताको कसरतलाई टुंग्याउन लागिएकाले सबैलाई एकढिक्का भएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए । उनले कम्युनिस्ट पार्टीको एकताले देशमा स्थायीत्व, समृद्धि र विकासको वातावरण निर्माण गर्ने बताएका थिए ।

एमाले–माओवादीकाे एकता बिहीबारः केन्द्रीय समितिमा ५५/४५ को अनुपात

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु