logo

bar

एमाले–माओवादीकाे एकता बिहीबारः केन्द्रीय समितिमा ५५/४५ को अनुपात

शुरोजंग पाण्डे काठमाडौं | जेठ ०२, २०७५

दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रबीच विहिबार पार्टी एकीकरण हुने भएको छ । मदन–अश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीले संरचना विघटन गर्दै नेपाल कम्युनिष्ट पार्टी गठन गर्न लागेका हुन् । आन्तरिक छलफल र पार्टी एकता संयोजन समिति बैठकबाट सबै प्रक्रिया पूरा गरेर बिहिबारै निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गर्ने तयारी छ ।

‘दिनभर पार्टी एकताको सबै प्रक्रिया पूरा गरेर साँझ पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ’, पार्टी स्थायी समिति बैठक जारी रहेकै बेला एमाले उपाध्यक्ष वामदेव गौतमले पत्रकारहरुसँग भने ।

एकीकृत पार्टीको प्रस्तावित नयाँ सांठनिक संरचना

एकीकृत पार्टी–नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय हुने टुंगो लागेको छ । सांगठनिक र विधान सम्बन्धि प्रतिवेदनलाई एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षले अन्तिम टुंगो लगाउँदै केन्द्रीय कमिटीको संख्या टुंगो लगाएका हुन् । यो सहमतिअनुसार केन्द्रीय कमिटीमा एमालेबाट ५४ दशमलव ६४ प्रतिशत र माओवादी केन्द्रबाट ४५ दशमलव ३५ प्रतिशत हिस्सेदारी रहने भएको छ ।

केन्द्रभन्दा तल्ला सबै कमिटी पनि मोटामोटी यही अनुपातमा समायोजन गर्ने सहमति बनेको उच्च स्रोतले जनाएको छ । एमाले सचिव योगेश भट्टराईले प्रतिशत अनुपातमा संरचना नबन्ने बताए । ‘दुवै पार्टी एक भइसकेपछि कसको कति भन्ने नै हुँदैन, सबै एउटै पार्टीको केन्द्रीय सदस्य हुने हो’, भट्टराईले पत्रकारहरुसँग भने ।

एमाले–माओवादी एकताः चुनाव चिन्ह सूर्य, सिद्धान्त ‘जनताको जनवाद’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु