logo

bar

५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

नवीन गुरुङ संखुवासभा | जेठ ०२, २०७५

संखुवासभाको खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।

नगरक्षेत्रका व्यवसायिक कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्याक्टर बितरण गरिएको खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठले बताइन् । ‘नगरपालिकाका ११ वडामा किसानलाई ३२ वटा ट्याक्टर वितरण गरिएको छ’, उनले भनिन्,‘कृषक आफैंले हातेट्याक्टर खरिद गर्न महङ्गो पर्ने भएकाले नगरपालिकाले सहुलियत स्वरुप ५० प्रतिशत अनुदान दिएको छ ।’

दुई महिना अघि मात्रै नगरक्षेत्रका कृषकलाई १७ वटा हाते ट्याक्टर वितरण गरिएको थियो । हातेट्याक्टर अत्यन्तै उपयोगी भएको भन्दै कृषकले पुनः माग गरेकाले दोश्रो चरणमा ३२ वटा हातेट्याक्टर वितरण गरिएको नगर कृषि प्रचार अधिकृत रामबहादुर ठाकुरले बताए । कृषकलाई वितरण गरिएको हातेट्याक्टरको बजारमूल्य ७२ हजार रहेको छ । उनीहरुलाई ५० प्रतिशत अनुदान स्वरुप नगरले ३६ हजार उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु