logo

bar

गरिमा विकास बैंकको आफ्नै रेमिट्यान्स कम्पनी

नयाँ पत्रिका काठमाडौं, २ जेठ | जेठ ०२, २०७५

गरिमा विकास बैंकले आफ्नो रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमबीच विकास बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि उनले विकास बैंकले ग्राहकलाई प्रदान गर्ने सेवामा विविधीकरण गर्दै जानेक्रममा गरिमा रेमिट सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार देशका विभिन्न स्थानमा रहने गरिमा रेमिटका एजेन्टहरूमार्फत एक स्थानबाट अर्को स्थानमा सहज रूपमा रकम स्थानान्तरण गर्न सकिनेछ ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले छोटो समयमै गरिमा रेमिटलाई स्थापित रेमिट ब्रान्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले छिटै नै विदेशी मुद्रा विनिमयसम्बन्धी काम गर्ने र भिसा डेविट कार्डसमेत सञ्चालनमा ल्याउने बताए ।

यस विकास बैंकका देशभर ५७ शाखा कार्यालय र १२ एटिएम मेसिन सञ्चालनमा रहेका छन् । बैंकले छिटै नै झापाको दमक, काठमाडौंको नयाँ बानेश्वर, भक्तपुरको सूर्यविनायक, ललितपुरको कूमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बाँकेको नेपालगन्ज, दाङको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया