logo

bar

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको जहाज (फोटोफिचर)

नरजन तामाङ/नयाँ पत्रिका हुम्ला, २ जेठ | जेठ ०२, २०७५

सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लाको खर्पुनाथ गाउँपालिका –२ को बाहुनखर्क भन्ने स्थानमा दुर्घटनाग्रस्त रुपमा फेला परेको छ । हुम्लास्थित हाम्रा संवाददाता नरजन तामाङले दिएको जानकारी अनुसार जहाजमा रहेका दुवै जना पाइलटको मृत्यु भएको छ ।

जहाजमा चालक किरण भट्टराई र आदित्य नेपाली रहेका थिए । जहाज १२ हजार ८ सय फिट उचाइमा रहेको पहाडमा ठोकिएर खसेको थियो । बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो सामान लिएर उडेको 9N-AJU C208B जहाज ६ बजेर ५५ मिनेटमा अवतरण गर्नुपर्ने थियो ।

यसअघि विमान भेटिएको सूचना गलत रहेछ : महाप्रबन्धक
यसअघि सम्पर्कविहीन जहाज बाजुरामा भेटिएको भन्ने सूचना गलत रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका छन् । उनले भने ‘नेपाल नागरिक उड्ययन प्राधिकरणका स्थानीय स्रोतबाट जहाज बाजुरामा भटिएको भन्ने प्राप्त सूचना गलत रहेछ ।’

 

तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु