logo

bar

एकताको निर्णायक वार्तामा जुट्दै ओली-प्रचण्ड

सन्ताेष भट्टरार्इ/नयाँ पत्रिका काठमाडौं, २ जेठ | जेठ ०२, २०७५

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता बारे निर्णायक वार्तामा जुटेका छन् । ओली-प्रचण्डबीच अहिले ‘वान टु वान’ वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्ड सचिवालयका अनुसार प्रचण्ड आफ्नै निवास खुमलटारमा यस अघि दुई कार्यदलले बुझाएको प्रतिवेदन उपर मिहिन ढंगले अध्ययन गरेर बालुवाटार पुगेका छन् । यता, प्रधानमन्त्री ओलीले मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रममा पार्टी एकताको तयारी हेर्न पत्रकारहरुलाई बालुवाटार डाकेका थिए । ‘दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बिर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ’, प्रधानमन्त्री ओलीले भनेका थिए-‘तर हामी दुई-तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौं ।’ ओलीले सञ्चारकर्मीलाई भनेका थिए-‘पत्रकारहरु !भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौं ।’

यता प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार एकता बारे अपराह्न ४ बजे ठोस धारणा सार्वजनिक हुनेछ ।

तपाईको प्रतिक्रिया