logo

bar

किचेनमै एन्टिबायोटिक

डा. अबरार मुल्तानी आयुर्वेदिक एक्सपर्ट २ जेठ | जेठ ०२, २०७५

मानिसलाई एन्टिबायोटिकको आवश्यकता हुन्छ । एन्टिबायोटिकले रोग फैलने ब्याक्टेरियालाई नष्ट गर्ने भएकाले पनि यो हाम्रो शरीरका लागि निकै महत्वपूर्ण हुन्छ । एन्टिबायोटिक यस्तो औषधि हो, जसले इन्फेक्सनबाट लाग्ने रोगबाट छुटकारा दिलाउँछ । एन्टिबायोटिकलाई एन्टिब्याक्टेरियल पनि भन्ने गरिन्छ । यसले ब्याक्टेरियासँग लड्छ र नष्ट गर्ने काम गर्छ । हाम्रो शरीरमा इम्युन सिस्टम हुन्छ, जसले ब्याक्टेरियासँग लड्ने काम गर्छ । इम्युन सिस्टमभन्दा ब्याक्टेरिया बढी शक्तिशाली भएमा रोग लाग्ने गर्छ । जसको समाधानका लागि बाहिरी औषधिको प्रयोग गर्नुपर्छ । त्यसैले हाम्रो इम्युन सिस्टमलाई बलियो बनाउन पनि एन्टिब्याक्टेरियाको आवश्यकता हुन्छ, जुन हाम्रै किचेनमा पनि उपलब्ध हुन्छ । यसलाई सन्तुलित रूपमा प्रयोग गर्न मात्र जान्नुपर्छ ।


लसुन
लसुन एक प्राकृतिक एन्टिबायोटिक हो । यसमा एन्टिफंगल र एन्टिभाइरल नामक तत्व हुन्छ । एक अध्ययनअनुसार लसुनमा पाइने सल्फर कम्पाउन्डले एलिसिन प्राकृतिक एन्टिबायोटिकको काम गर्छ । यसका साथै लसुनमा कैयौँ प्रकारका भिटामिन, न्युट्रिएट्स र मिनरल्स हुने गर्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । प्रत्येक दिन खाली पेटमा लसुनको दुईदेखि तीन पोटी खान सकिन्छ । र, यसलाई विभिन्न प्रकारका परिकारमा प्रयोग गरेर पनि सेवन गर्न सकिन्छ ।
मह
प्राकृतिक चिकित्सामा महलाई निकै महत्वपूर्ण एन्टिबायोटिकका रूपमा लिइन्छ । यसमा एन्टिमाइक्रोबियल, एन्टिइन्फ्लेमेटोरी (सुनाइ कम गर्ने) र एन्टिसेप्टिक गुण हुन्छ । अमेरिकामा भएको एक अध्ययनले महमा कैयौँ इन्फेक्सनसँग लड्ने क्षमता हुने पनि देखाएको छ । त्यसैले पनि ब्याक्टेरियासँग लड्ने क्षमता विकास गर्न पनि महको प्रयोग गर्नुपर्छ । महमा हाइड्रोजन प्यारोक्साइड, एसिडिटी, ओस्मोटिक इफेक्ट, हामई सुगर र पोलिफेनोल्स हुन्छ । जसले ब्याक्टेरिया सेल्सलाई नष्ट गर्ने काम गर्छ ।
जैतुन
जैतुनको पातमा कैयौँ प्रकारका ब्याक्टेरियल इनफेक्सनको उपचार गर्ने गुण हुन्छ । जैतुनको पातमा अत्यधिक मात्रामा एन्टिमाइक्रोबियल गुण हुन्छ । जसले ब्याक्टेरिया र फंगीबाट बचाउने काम गर्छ । यसमा एन्टिइन्फ्लेमेटोरी गुण पनि हुन्छ । जसले दुखाइको समस्या भएका मानिसलाई पनि राहत प्रदान गर्छ । त्यसका लागि जैतुनको पातलाई काँचको बोतलमा राख्ने र पूरै पानी भर्ने । र, बोतलमा ढक्कन लगाएर चारदेखि पाँच हप्तासम्म राख्नुपर्छ । त्यसपछि यसलाई कपडाले रस बाहिर निकाल्ने, अनि प्रयोग गर्न सकिन्छ ।
बेसार
आयुर्वेदले बेसारको नियमित प्रयोग गर्न सुझाउँछ । बेसारमा प्रचुर मात्रामा एन्टिबायोटिक गुण हुन्छ । जसले ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । यसका साथै बेसारले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउने काम गर्छ । यसले घाउमा हुने ब्याक्टेरियाको इन्फेक्सनबाट पनि बचाउने काम गर्छ ।
अदुवा
अदुवामा पनि प्राकृतिक एन्टिबायोटिक गुण हुन्छ । यस्तो गुणले मानिसलाई कैयौँ ब्याक्टेरियाको आक्रमणबाट बचाउने काम गर्छ । ताजा अदुवामा एक प्रकारको एन्टिबायोटिक प्रभाव हुन्छ । जसले खानाबाट फैलने इन्फेक्सनबाट सुरक्षित राख्ने गर्छ । यसले श्वासप्रश्वास नलीमा हुने ब्याक्टेरियल हमलाबाट पनि बचाउने काम गर्छ । यसलाई खाना र चियामा राखेर पनि प्रयोग गर्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया