logo

bar

श्रेष्ठमाथि आक्रमण गर्ने विप्लव कार्यकर्ता पक्राउ

नयाँ पत्रिका काठमाडाैँ, २ जेठ | जेठ ०२, २०७५

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमणमा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता संलग्न रहेको खुलेको छ । श्रेष्ठमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले कालिकोट रूपसा–५ का ३० वर्षीय कुशल बोगटीलाई पक्राउ गरेपछि यस्तो खुलेको हो ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार बागबजारबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १३ वटा सिमकार्ड, विभिन्न कम्पनीका पाँचवटा मोबाइल र दुईवटा मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीका अनुसार उनकै योजनामा श्रेष्ठमाथि आक्रमण भएको हो । गत ८ वैशाखमा श्रेष्ठमाथि उनकै निवास भक्तपुरमा आक्रमण भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु