logo

bar

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

नयाँ पत्रिका काठमाडौं, २ जेठ | जेठ ०२, २०७५

कांग्रेस संसदीय दल कार्यसमितिमा सहमतिमै सदस्य चयन भएका छन् । आवश्यक संख्याअनुसारकै उम्मेदवार परेपछि सर्वसम्मत भएको हो । मंगलबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । ७ जेठका लागि निर्वाचनको मिति तय गरिएको थियो ।

दलको कार्यसमितिमा प्रदेश १ बाट डा. मीनेन्द्र रिजाल, २ बाट तेजुलाल चौधरी, ३ बाट दिव्यमणि राजभण्डारी, ४ बाट प्रकाश पन्थ, ५ बाट देवेन्द्रराज कँडेल, ६ बाट रंगमती शाही र ७ बाट दिलेन्द्र बडु सर्वसम्मत निर्वाचित भएको कांग्रेस संसदीय दलले जनाएको छ ।

दुई खस–आर्य सदस्यमा तारादेवी भट्ट कञ्चनपुर र राजेन्द्रकुमार केसी काठमाडौंबाट निर्वाचित भएका छन् । आदिवासीतर्फ प्रमिला राई उदयपुर र ज्ञानकुमारी छन्त्याल बाग्लुङ निर्विरोध भएका छन् ।

मधेसबाट दुई सदस्यमा जितेन्द्रनारायण देव सप्तरी र मीनाक्षी झा धनुषा, दलिततर्फका दुई सदस्यमा मीनबहादुर विश्वकर्मा सुनसरी र विमला नेपाली दाङ निर्विरोध भएका छन् ।

थारूबाट एक सदस्यमा नमिता चौधरी सप्तरी, मुस्लिमबाट अतहर कमाल कपिलवस्तु र रामबहादुर विष्ट अछाम चयन भएका छन् । अब पाँच सदस्य मनोनीत हुन बाँकी छन् । संसदीय दलको नेतामा कांग्रेस सभापति देउवा निर्वाचित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु