logo

bar

अधिकमास अर्थात मलमास सुरु

नयाँ पत्रिका काठमाडाैँ, २ जेठ | जेठ ०२, २०७५

जेठ महिनामा अधिकमास परेको छ । १ जेठ साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास सुरु भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ ।

मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म औँसी छ । १ ज्येष्ठशुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास सुरु हुने र औँसीको अन्त्यसम्म अर्थात् ३० जेठ राति २ बजेसम्म रहने समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो, अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ, यो महिनामा नित्य र नैमित्तिक कर्म गर्न हुन्छ र कुनै कामना राखेर गर्ने कर्म गर्न हुँदैन,’ उनले भने ।

ज्येष्ठकृष्ण औँसीमा गरिने वट सावित्री व्रत भने गर्न हुने समितिले जनाएको छ । गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्ज्वलन, पुराणश्रवणलगायत कामना राखेर गरिने काम यस महिनामा गर्न शास्त्रीय रूपमा निषेध गरिएको छ । विवाह भएको वर्षदिन नपुगेका पतिपत्नीले समागम गर्नुहुँदैन । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु