logo

bar

विश्वकप टोलीको घोषणा सुरु

एजेन्सी मस्को, २ जेठ | जेठ ०२, २०७५

विश्वकप फुटबलको मिति नजिकिएसँगै उपाधि दाबेदार देशले राष्ट्रिय टिमको घोषणा सुरु गरेका छन् । ब्राजिलले नेयमारको कप्तानीमा विश्वप्रसिद्ध खेलाडीहरूलाई टिममा सहभागी गराउँदै २३ सदस्यीय फाइनल टिमको घोषणा गर्दा जर्मनी र अर्जेन्टिनाले पनि प्रारम्भिक टिमको घोषणा गरे ।

ब्राजिलियन टिम
गोलरक्षक– एलिससन (रोमा), इडरसन (म्यानचेस्टर सिटी), कासियो(कोरिन्थियन्स)
डिफेनडर– मार्कुइनोस (पिएसजी), थियोगो सिल्भा (पिएसजी), मिरन्डा (इन्टरमिलान), पेड्रो जरोमेल (ग्रिमियो)
मिडफिल्डर– विलियन (चेल्सी), फर्नान्डिन्हो (म्यानचेस्टर सिटी), पाउलिन्हो (बार्सिलोना), कासिमिरो (रियल म्याड्रिड), फिलिप कउटिन्हो (बार्सिलोना), रेनाटो अउगुस्टो (बेइजिङ गुओन), फ्रेड (सख्तर)
फरवार्ड– नेयमार (पिएसजी), गाब्रियल जेसस (म्यानचेस्टर सिटी), रार्बटो फिरमिन्हो (लिभरपुल), डोउग्लास कोस्टा (युभेन्टस), टाइसन (सख्तर) ।
चर्चित खेलाडीको बाहुल्य
ब्राजिलियन टिममा अघिल्लो साता चोटग्रस्त रहेका डेनी अल्बास टिममा पर्न असफल भए । टिम म्यानेजर टिटेले २३ सदस्यीय टिमको घोषणा गर्दा अधिकांश चर्चित क्लबका भरपर्दा खेलाडीलाई टिममा मौका दिएका छन् । यद्यपि उसले घोषणा गरेको टिममा डेभिड लुइस, ओस्कार, एलेक्स सान्ड्रोलगायतले टिममा स्थान बनाउन असफल भएका छन् ।


जर्मनीको प्रारम्भिक टिम
साबिक विजेता जर्मनीले पनि प्रारम्भिक टिमको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोको कन्ट्रयाक फुटबल संघले २०२२ सम्मका लागि थप गरेसँगै उनले प्रारम्भिक टिमको घोषणा पनि गरे । जसमा लामो समयदेखि टिमबाहिर रहँदै आएका म्यानुअल नुयरलाई प्रारम्भिक २७ सदस्सीय टिममा समावेश गरिएको छ । अन्तिम टिमको टुंगो भने ४ जुनमा घोषणा गर्ने प्रशिक्षक लोले जानकारी दिए । अगिल्लो सिजनको फाइनलमा निर्णायक गोलकर्ता रहेका मारियो गोटेज भने प्रारम्भिक टिममा समावेश छैनन् ।

जर्मनीको प्रारम्भिक टिम
गोलकिपर– बेन्र्ड लेनो, म्यानुयल नुयरा, मार्क आन्द्रे, टेर स्टेघेन, केभिन ट्राप
डिफेन्डर– जेरोम बोयटाङ, माथियस गिन्टर, जोनास हेक्टर, जोसुवा किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियो रुडिगर, निक्ला सुले, जोनाथन टाह
मिडफिल्डर– जुलियन ब्रान्ड्ट, इल्के गुन्डगन, समी खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरटेजका, मार्को रोयस, सेबास्टियन रुडी
फरवार्ड – लेरोय साने, निल्स पेटरसन, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुल

अर्जेन्टिनाको प्रारम्भिक टिम
गोलरक्षक– सर्जियो रोमेरो, बिल्फ्रेडो काबालेरो, नाहुएल गुज्मान,
फ्रान्को अर्मानी
डिफेन्डर– ग्याब्रिएल मर्काडो, क्रिस्टियन अन्साल्दी, एडुएर्डो साल्भियो, ज्याभियर मास्सेरानो, निकोलोस ओटामेन्डी, जर्मान पेजेला, फेडेरिका फाजियो, मार्कोस रोहो, निकोलास ट्याग्लिफिको, मार्कोस अकुन, रामिरो फ्युनेस मोरी
मिडफिल्डर– म्यानुएल लान्जिनी, लियान्द्रो पारेदेस रिकार्डो सेञ्चुरियन, म्याक्सिमिलियानो मेजा, लुकास बिग्लिया, गुइडो पिजारो, एन्जो पेरेज, एभर बनेगा, जियोभानी लो सेल्सा रोड्रिगो बाटाग्लिया, एन्जल डी मारिया, क्रिस्टियन पाभोन, पाब्लो पेरेज
फरवार्ड– लियोनेल मेसी, पौलो ड्याबला, डिएगो पेरोटी, सर्जियो अगुएरो, गोन्जालो हिगुएन, लाउटारो मार्टिनेज, माउरो इकार्डो

३७ खेलाडी प्रारम्भिक लिस्टमा
अर्जेन्टिनाले पनि आगामी साता फाइनल छनोट गर्ने उद्देश्यसाथ ३७ खेलाडीलाई प्रारम्भिक चरणमा समावेश गरेको छ । उसले अधिकांश स्टार खेलाडीलाई टिमको प्रारम्भिक चरणमा समावेश गरेको छ । लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना साबिक उपविजेता हो

तपाईको प्रतिक्रिया