logo

bar

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा १८ जनाको मृत्यु

नयाँ पत्रिका नयाँ दिल्ली, २ जेठ | जेठ ०२, २०७५

उत्तर भारतमा मंगलबार सडकमाथि निमार्णाधीन आकासे पुल भत्किँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ३ जनाको भने शकुसल उद्धार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो ।

भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगे बीबीसी हिन्दीले जनाएको छ ।

मृतक अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । उत्तर प्रदेशका उप मुख्यमन्त्री केशवप्रसाद मौर्यले दुर्घटनाको अध्ययनका लागि छानविन समिति गठन गरेको बताएका छन् । छानविन समितिको रिपोर्ट अनुसार दोषी उपर कार्वाही गरिने उनले बताएका छन् ।

तस्बिर ः बीबीसी  हिन्दी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु