एकसाथ र्‍याम्पमा उत्रिँदै २४ मोडल - Naya Patrika
eNaya Patrika
  • ePaper

एकसाथ र्‍याम्पमा उत्रिँदै २४ मोडल

नेपालकै टप २४ मोडल एकसाथ र्‍याम्पमा उत्रिने भएका छन् । टप तथा व्यवसायी उत्कृष्ट मोडल नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, विवेक खड्कालगायत मोडल एउटै र्‍याम्पमा प्रस्तुत हुने भएका हुन् ।

आउँदो जेठ ११ गते काठमाडौंमा आयोजना हुने ‘दलजित सुदान फेसन रनवे २०१८’मा उनीहरू एकसाथ र्‍याम्पमा उत्रिन लागेका हुन् । नेपालमै पहिलोपटक १ सय ९२ फिट लामो युसेफ र्‍याम्प स्टेजसहित आयोजना हुन लागेको फेसन सो हालसम्मकै उत्कृष्ट सो हुने दाबी आयोजकको छ । सोमा नेपालका सुप्रसिद्ध फेसन डिजाइनर दलजित सुदानले तयार पारेका अन्तर्राष्ट्रिय स्तरका पहिरन प्रस्तुत हुनेछन् । नेक्स्ट मोडल नेपालको व्यवस्थापनमा सो हुन लागेको हो ।

नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले सोले नयाँ पुस्तालाई फेसनप्रति आकर्षित गर्ने बताए । १६ महिला र ८ पुरुष मोडलले जफ्रानको जादु, पारदर्शिता र परम्परागत गरी तीन सिक्वेलमा आकर्षक फेसन प्रदर्शन गर्नेछन् ।

तपाईको प्रतिक्रिया