logo

bar

‘पण्डित बाजेको लौरी’को टिजर

नयाँ पत्रिका काठमाडौं, २ जेठ | जेठ ०२, २०७५

‘पण्डितबाजेको लौरी’ नामक फिल्मको टिजर सार्वजनिक गरिएको छ । बादी जातिको विषयमा निर्माण गरिएको ग्रामीण परिवेशको फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् । विजय बराल, सन्ध्या केसी, भोलाराज सापकोटा, प्रमोद अग्रहरि, मरिष्का पोखरेल, प्रवीण खतिवडा, विशाल पहारी, लोकेन्द्र लेखकलगायत कलाकारले अभिनय गरेको फिल्ममा बदिनी र पण्डितबीचको सम्बन्ध प्रस्तुत गरिएको बताइन्छ ।

फिल्ममा विजय बादी र सन्ध्या बदिनीको भूमिकामा छन् । जीविकोपार्जनका लागि बादीले मादल बजाउने काम गर्छन् भने बदिनीले यौन पेसा अँगाल्ने गरेको यथार्थलाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक दीपकले जनाएका छन् ।

साउन ४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । विक्रम स्वारको कोरियोग्राफी रहेको फिल्म विदुर पाण्डेले खिचेका हुन् । दीपक निर्देशित यसअघिको फिल्म कुम्भकरण अहिलेसम्म प्रदर्शन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया